२६ भदौ २०७७
काठमााडौं । तामाङ लभ आधुनिक गीतको म्युजिक भिडियो एदेन ङाला माया शुक्रबार डम्फु मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
सुनमाया दोङको प्रस्तुतिमा निर्माण गरिएको म्युजिक भिडियोको गीतमा शब्द जनक थोकर, संगीत बिशाल काल्तान र आवाज भने युवा पुस्ता माझ लोकप्रीय बन्दै गएकी गायीका पूजा तामाङ र बिजय थोकरले दिएका छन् ।
युएइबका सामुन्द्रीक किनार तथा अन्य सुन्दर रमणीय स्थलहरुमा छायांकन गरिएको यस् म्युजिक भिडियोमा मोडेल तथा अभिनेता बिजय तामाङ र जमुना तामाङले खुलेर अभिनय गरेका छन् भने भिडियोलाइ निरज लामाको सम्पादनमा अभिनेता बिजय तामाङ आफैले निर्देशन गरेका हुन् ।
भिडियोको प्राबिधिक पक्ष सामान्य रहे पनि दुई मन र मुटु बीच साटासाट गरिएको प्रेमील भावपूर्ण गीतमा सुरिलो र मन छुने स्वर भरेर पूजा र बिजयले दर्शक स्रोताहरुको मन जित्ने पक्का भएको छ भने बिजय तामाङ र जमुना तामाङको सानदार अभिनयको साथमा बिदेशको सुन्दर स्थानहरु हेर्न पाउनु राम्रो पक्ष मानिए को छ ।
यस गीतका गीतकार जनक थोकर जापान रही निरन्तर नेपाली गीतमा कलम चलाइरहेका छन् भने गायीका पूजा तामाङ औपचारिक संगीतको ज्ञान लिएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । उनको मनछुने गायन कलाले गर्दा छोटो समयमै धेरै दर्शक स्रोताहरुको मन जित्ने क्रममा छिन् । समग्रमा यो सिर्जना उत्कृष्ट बनेको देखिन्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।