‘सुनिता दोङ तामाङ
२७ भदौ २०७७
गायिका मेनुका तामाङको पहिलो म्हेंदोमाया ‘दोलेप नम्सा’ गित को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो जिग्मे मिडिया प्रोडक्सनको यूट्युब च्यालनबाट सार्बजनिक भएको हो ।
गायिका मेनुका तामाङको यो पहिलो म्हेंदोमाया डेब्यु गित रहेको छ । दोलेप नम्सा गितमा गायिका मेनुका तामाङ र अहिलेका चर्चित म्हेंदोमाया गायक किर्ती तामाङको सुमुधुर स्वरमा सजिएको यस गितको शब्द संगीत शैलाप वाइबाको रहेको छ, संगीत सम्योजक कमल सौराग र अडियो मिक्सिंग डिका गुरुङले गरेका छन् ।
मेन्दोमाया गित संगीत प्रेमीहरुका लागी बिल्कुलै नयाँ भिडियो हो । गितमा प्रेमप्रेमिका बीच रहेको अटल माया अनी धेरै समय पछि भेट्ने बाचा गर्दै गाउँघरको आफ्नै शैली र भाषामा सजिएको कथाबस्तुलाई भिडियोमा देखाउन खोजिएको छ।
भिडियोमा गायिका मेनुका तामाङ र चर्चित मोडेल एरिन तामाङको भरपुर अभिनय देख्न पाइने छ । निर्देशक जोन राई र सुनिता वाइबाको कोरियोग्रफार रहेको छ र सम्पादन जोहन राई ले गर्नु भएको छ । सन्चु थोकरको छायांकन रहेको भिडियोमा सानू हबिकको छायांकन रहेकोे छ ।

Comments

comments