सिन्धुपाल्चोकमा घटेको दुखद घटनामा आधारीत गीत ‘लिदि पहिरो’ सार्वजनिक भएको छ ।

सुनिल बि.सि. को स्वर र शब्द रहेको गीतमा राजु घतानीको लय रहेको छ । उक्त गीतको एरेन्जे बिष्णु तामाङले गरेका छन् भने मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् ।

नागबेली मिडियाको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन विदुर आपागाईले गरेको छ । वास्तविक घटना समेटेर बनाएको हाम्रो सिन्धुपाल्चोक शेर्पा केन्द्रीय अनलाइन रोधिघरको ‘लिदि पहिरो’ बोलको गीत शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

बिपत्तिले दुखीरहेको सिन्धुबासी आमाबुवा तथा दिदिबहिनी, दाजुभाईहरुको पिडालाई संगीतको माध्यम बाट मलम लगाउने उद्धेश्यले गीत निकालिएको गायक बि.सि. को भनाई छ ।

उक्त गीतमा अत्यन्तै भावुक र मर्मस्पर्शी शब्दहरु समेटिएको छ ।

https://youtu.be/64drJZsamYQ

Comments

comments