नजिकिदै गरेको नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् ।
यस्तैमा लोकप्रिय गायक/गायिका बिष्णु खत्री र पूर्णकला बि.सीको स्वरमा पनि नयाँ दशैं गीत ‘रिनै रिनको’ सार्वजनिक भएको छ ।
कपिल लामाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन तथा शिव पौडेलको सम्पादन रहेको छ । बिष्णु खत्रीकै शब्द तथा लय रहेको गीतको म्युजिक एरेन्जर बिनोद बाजुराली हुन् भने गीतलाई आफ्नै युटुब च्यानल बिष्णु खत्रिमा राखेका छन।
प्रदेशीको पिडालाई समेटिएर तयार गरिएको भिडियोमा ओबी रायमाझी र सारीका के.सी.को अभिनय रहेको छ । विदेशिएका युवाको पीडा र गाउँमा रहेका महिलाको पीडा बोकेको उक्त गीतले अहिलेको नेपाली परिवेषलाई चित्रण गरेको छ ।
नेपालको समाजको बर्षौदेखिको रेमिट्यान्समा बाँच्नुपर्ने विवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

Comments

comments