१० असोज २०७७
काठमाण्डौं । गायक एंव संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ बोलको डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वाजानिक भवएको छ ।
दर्शक र स्रोताले गीत मन पराउनेमा विश्वस्त रहेको लामाले डाँडा है पारी बोलको गीतबाट चर्चा बटुली सकेका छन् ।
लामाको हालसालै बजारमा आएको उक्त सेलो गीतमा शेर्पिनी आजीले च्याङ्बालाई मोहनि लगाएको बर्णन गरिएको छ ।
छवी लामा र मनोज दोङको संयुक्त लेखनमा रहेको उक्त गीतमा उनै गायक एंव संगीतकार लामाको स्वर र संगीत रहेको छ । नोर्बु शेर्पाले संगीत संयोजन गरेको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
भिडियोलाई सुर्य लामाले छायांकन, ड्रोन र कलर गरेका हुन भने युद्ध लामाले कोरियोग्राफी, सम्पादन र निर्देशन अमिर दोङले गरेका हुन । भिडियोमा सागर मोक्तान र रोहनी लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

Comments

comments