भक्तपुर । एक्सन फिल्म प्रालिको ब्यानरमा निर्माण गरेको अस्मिता दोङको तामाङ कथानक चलचित्र निङमाको शनिबार शुभ-मुर्हत भएको छ।

उक्त चलचित्रको शुभ- मुर्हत अादिवासी चलचित्र महासंघका उपाध्यक्ष एवम् तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा काठमाडौंको पेप्सीकोलामा एक औपचारिक कार्यक्रम गरेर उक्त चलचित्रको उद्घाटन गरेको होे।

चलचित्रमा चर्चित सुपर स्टार तथा लोकप्रिय चर्चित नायक कुमार मोक्तान, चर्चित नायिका रोशनी ब्लोन,नव नायक विशाल तामाङ(पेमा वाइवा) नव नायिका लक्ष्मी तामाङले अभिनयको मुख्य भुमिकामा देखिने भएको छ।
कथा तथा निर्देशन डिबी दोङ तामाङले गरिने भएको चलचित्रमा द्वन्द्वनिर्देशनमा राजु किरात, नृत्य निर्देशन अजय स्याङतान,पाठकथा/ संवाद सागर वाइवाले गरिने भएको चलचित्रको छायांकन विमल ढकालले गर्ने निर्माण पक्षले बताएका छन् ।

उक्त तनिङ्मा चलचित्र निर्माण कर्ता जगत लामा, र कुमारी दोङको संयुक्त लगानीमा चलचित्र निर्माण गरिने भएको छ।
चलचित्रमा खलनायक धुर्व तामाङ (छिरिङ) पुर्ण लामा लगायतका कलाकारहरुले अभिनय गरिने भएको छ।

कार्यक्रममा विशेष अतिथि समाजवादी जनता तामाङ संघका उपाध्यक्ष विकास ब्लोन,तामाङ चलचित्र संघका उपाध्यक्ष तथा चर्चित नायक कुमार मोक्तान र, संघका उपाध्यक्ष भूईसाल लामा ग्याङलेख विकास समितिका अध्यक्ष सुवास लामा,लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।