भक्तपुर । मोड्लिङको क्षेत्रमा निकै सम्भावना बोकेका युवा मोडल निरज लामा र दिप्ति गोम्जाद्वारा अभिनित गरेका “पूर्व सिलिङलिङ”तामाङ दोहोरी गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।

दिप्ति गोम्जा पोखराको मिस तामाङ हुन् ।उनी तामाङ मोड्लिङ क्षेत्रमा एक सुन्दर सपना बोकेर मोड्लिङ क्षेत्रमा लागिरहकी छिन् ।
अभिनयमा कुनै खोट छैन एकदमै जिम्मेवार, लगनशीलता साथ ईमानदारी पुर्वक खटिरहेका छन् ।अब तामाङ म्युजिक क्षेत्रमा निरन्तर अगाडि बढ्ने बताउँछिन् ।
पोखरादेखि काठमाडौं सम्म सोही गीतको छायांकनका लागि काठमाडौं अाइकी दिप्दि यतिबेला छायांकनमा ब्यस्त छिन् ।
यस तामाङ गीतमा पहिलोचोटि भिडियोमा सुशील श्रेष्ठले अभिनय गरेका छन् ।
तामाङ दोहोरी गीतमा अाफ्नो छुट्टै लोकप्रियता कमाउन सफल युवा गायक मदन ग्लानको अाम दर्शकले अत्याधिक रुचाईएको गीत पूर्व सिलिङलिङ गायक मदन ग्लान र बिनिता लोप्चानको सुमधुर अावाज रहेको छन् ।

उक्त गीतको शब्द गीतकार डुप्साङ लामखोरले रचना गरेका हुन् भने अहिलेका एकदमै व्यस्त युवा संगितकार सानुबाबु घिसिङले संगीत संयोजन गरेका छन् ।

यस भिडियोमा काठमाडौंको ,चुच्चेपाटी र नगरकोटमा छायांकन गरेका छन् ।
उक्त गीतको भिडियो युवा निर्देशन प्रतिक ङेसुरले निर्देशन गरेका हुन् भने छायांकन दक्ष एवम् कुशल क्यामरा मेन सुर्य लामाले छायांकन गरेका भिडियो चाडैं बजारमा ल्याउने गायक मदन ग्लानले बताएका छन् ।

Comments

comments