भक्तपुर । हिरा लामा”जिकज्याक” र कुसुम मगरद्वारा अभिनित गरेको “मायाला जोङ”केक काटेर बजारमा म्युजिक भिडियो सार्वजनिक भएको छ।

हिरा लामा”जिकज्याक” सांगीतिक प्रस्तुति रहेको मायाला जोङ ” मौसम मायाको अनि बेग्लै मायाको संसार ” यस्तै भाब बोकेको तामाङ प्रेमगित ” मायाला जोङ ” गितको पोष्टर अंकित केक काटेर भिडियोलाई बजारमा ल्याएका हुन् ।

तामाङ गित संगितमा पछिल्लो चरण प्रेमगितको बजार बढ्दो छ। संख्या मात्र होईन प्रेमगितमा उत्कृष्टताको पनि संख्या बढ्दो छ भन्ने उदाहरण यस गितले दिनेमा निर्माण पक्ष ढुक्क छन । निर्माता हिरा लामा ” जिकज्याक ” को परहेको गीतमा अहिलेका निकै लोकप्रिय चर्चित गायक तथा संगितकार बिशाल काल्तान को संगित रहेको छ भने स्वर बिशाल काल्तान र चर्चित गायिका जितु लोप्चन को रहेको छ।
पत्रकार एबं कार्यक्रम प्रस्तोता सिङ्गा मोक्तानको शब्द रहेको यस गितलाई दिपेश प्रधानले एरेन्ज एबं मिक्सिङ गरेको छ।

भिडियो तर्फ नयाँ जोश जाँगरका साथ हिरा लामा “जिकज्याक” आएका छन्। यो उहाँको पहिलो म्युजिक भिडियो हो। स्कृनमा लामा संग रोमान्टिक मुडमा मोडल कुसुम मगरको क्युट मुहार अनि अभिनय देख्न सकिन्छ। अहिले निकै नै चर्चामा रहेको काभ्रेको तिनधारे झरना र धुलिखेल आसपासमा छयांकन गरेको भिडियोको निर्देशन अनि कोरियोग्राफी अनिश लामाको रहेको छ।

छायांकनमा मुकेश हुमागाई, सम्पादनमा दिपक बिष्ट, ड्रोनमा प्रमोद श्रेष्ठको काम उत्कृष्ट छ। यस भिडियोलाई अफिसियल भिडियो जिग्मे मिडियाको युट्युब मार्फत हेर्न सकिनेछ।

भिडियो हेर्नुस्

Comments

comments