बाैद्व काठमाडौ। गायिका पुजा तामाङको “आपाकी छोरी” बजारमा सार्वजनिक भएको छ।

वरिष्ठ गायक तथा संगीतकार प्रदिप बोम्जनको प्रमुख अातिथ्यतामा शुक्रबार काठमाडौ जोरपाटि स्थित याङ्रिला हिल होटलमा एक औपचारिक कार्यक्रमको अायोजना गरि  ‘आप्पाकी छोरी’ बोलको गीतका म्युजिक भिडियोलाई सार्वजनिक गरेका हुन् ।

अापा र छोरीको माया, ममता र स्नेह प्रकट गरेको यस गीत वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको शब्द/संगित र एरेन्ज रहेको गीतमा गायिका पुजा तामाङको सुमधुर अावाज रहेका छन् ।

अडियो दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा
प्रतिक ङ्यासुरको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा चर्चित मोडल निरान्जली लामाको साथमा राजेन्द्र तामाङको प्रस्तुती रहेको छ भने निरान्जली लामाको आप्पाको रुपमा सेलो सम्राट चन्द्रकुमार दोङले अापाको भुमिका निर्वाह गरेका छन् ।

छायांकन ड्रोन क्याप्टेन सुर्य  लामाको रहेेको छ भने भिडियो सम्पादन  बज्र ङ्युसरले गरेका थिए ।

उक्त भिडियो सुरुवात छोरीले अाफ्न‍ो अापालाई तामाङ गोईलो र टोपी लगाएको दृश्यले भिडियोलाई एकदमै महत्त्वपूर्ण र अर्थपूर्ण दर्शाएको भेटिन्छ ।अाफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्नु इंगित गरेको पाईन्छ ।

कार्यक्रममा बिशेष अतिथि वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ र तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन कुमार बल साहित्यकार बाबू बस्नेत थिए भने संगीतकार तथा गायक टिका बोम्जन, गायिका निर्मला घिसिङ, संगीतकार तथा गायक अभिषेक गायक हावा लामा तामाङ ,संगीतकार तथा गायक जगत घिसिङ ,विहिन दोङ कलाकार अासमान वाइवा,मोडल लाक्पा लामा गीतकार ज्ञानदास तामाङ, मोडल अमिता गोले लगायतका अन्य कलाकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य सञ्चारकर्मी विकास देव योञ्जनले राखिएको थियोे।गायिका पुजा तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम पत्रकार सुदिन लामा दोङले सञ्चालन गरेका थिए।
भने भिडियो सार्वजनिक कार्यक्रम छोर्वाला काई गेताङको आयोजनामा भएको थिए।

भिडियो हेर्नुस्

Comments

comments