काठमाडौं । तामाङ चलचित्रका चर्चित नायिका रोश्नी ब्लोन र नायक तुल्साङ मोक्तानको रोचक प्रेम कहानी रहेको “ए बिनाला ङा” बजारमा सार्वजनिक भएको छ।
तामाङ सांगीतिक दुनियाँमा लभ गीतले तामाङ बजार तताइ रहेका बेला “ए बिनाला ङ” ले एउटा गतिलो उदाहरण पेस गरेका छन् ।
गीतमा चर्चित गायक एंव संगीतकार निमा दोङ र पूजा तामाङको सुमधुर आवाजमा रहेका छन् ।
चर्चित गायक तथा संगीतकार निमा दोङको शब्द, संगीत रहेका गीतमा तामाङ चलचित्र जगतमा आफ्नो नामलाई स्थपित गराउन सफल नायिका रोश्नी ब्लोन, साथै नायक तुल्साङ मोक्तानद्वारा अभिनित गरेका छन् ।एरेन्ज चाँद सिंहले र अडिग मिक्सिङ गोबिन्द शाहीले गरेका थिए।
चर्चित नायक तथा निर्देशक अमिर दोङले निर्देशित गरेका म्युजिक भिडियो ड्रोन र छायांकन भिमबहादुर तामाङ,कलर सुर्य लामा कोरियोग्राफर भने युद्ध लामाले गरेका थिए।
यस भिडियोलाई डम्फु मिडिया हाउसको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको हो ।
भिडियो हेर्नुस्
























