काठमाडौ। “आपाकी छोरी” को निर्माता अमेरिकामा रहेका युवा समाजसेवी दिपेश लामाले गरेका छन् ।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै अाएका दिपेश लामाले गायिका पुजा तामाङको स्वरमा सजाएका अापाकी छोरी बोलको गीतका म्युजिक भिडियोलाई निर्माण गरिएको हो।
बिदेश भएर पनि अाफ्नो भाषा,धर्म, संस्कार र संस्कृतिलाई सम्मान, संरक्षण र प्रबर्द्धन गर्ने यो एक ज्वलन्त उदाहरण हो।भन्दै गायिका पुजा तामाङले युवा समाजसेवी दिपेश लामालाई हृदयदेखि विशेष धन्यवाद समेत व्यक्त गरेका छन् ।
उक वरिष्ठ गायक तथा संगीतकार प्रदिप बोम्जनको प्रमुख अातिथ्यतामा शुक्रबार काठमाडौ जोरपाटि स्थित याङ्रिला हिल होटलमा एक औपचारिक कार्यक्रमको अायोजना गरि ‘आप्पाकी छोरी’ बोलको गीतका म्युजिक भिडियोलाई सार्वजनिक गरेको थियोे ।
अापा र छोरीको माया, ममता र स्नेह प्रकट गरेको यस गीत वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको शब्द/संगित र एरेन्ज रहेको गीतमा गायिका पुजा तामाङको सुमधुर अावाज रहेका छन् ।
अडियो दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा
प्रतिक ङ्यासुरको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा चर्चित मोडल निरान्जली लामाको साथमा राजेन्द्र तामाङको प्रस्तुती रहेको छ भने निरान्जली लामाको आप्पाको रुपमा सेलो सम्राट चन्द्रकुमार दोङले अापाको भुमिका निर्वाह गरेका छन् ।
छायांकन ड्रोन क्याप्टेन
सुर्य लामाको रहेेको छन् भने भिडियो सम्पादन बज्र ङ्युसरले गरेका थिए ।
भिडियो हेर्नुस्
























