भक्तपुर । गायक मदन ग्लानको “पूर्व सिलिङलिङ”मा मोडल निरज लामा र दिप्ति गोम्जाको रोमान्टिक अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मोड्लिङमा निकै सम्भावना रहेको युवा मोडल निरज लामाक‍ो अभिनय एकदम दमदार रहेको छन् भने निरजलाई पोखराबाट मोड्लिङ क्षेत्रमा उदाएकी मिस तामाङ पोखराका चर्चित मोडल दिप्ति गोम्जाको सशक्त अभिनय गरेका छन् ।

यस भिडियोमा अतिथि कलाकारको रुपमा सुशील श्रेष्ठले पनि भुमिका निर्वाह गरेका छन् ।तामाङ दोहोरी गीतमा अाफ्नो छुट्टै लोकप्रियता कमाउन सफल युवा गायक मदन ग्लानको अाम दर्शकले अत्याधिक रुचाईएको गीत पूर्व सिलिङलिङ गायक मदन ग्लान र बिनिता लोप्चानको सुमधुर अावाज रहेको छन्।

उक्त गीतको शब्द गीतकार डुप्साङ लामखोरको रहेको अहिलेका एकदमै व्यस्त युवा संगितकार सानुबाबु घिसिङले संगीत संयोजन गरेका छन् ।एरेञ्ज नोर्बु शेर्पाको रहेको गीतमा मिक्सिङ दिपेश प्रधानले गरेको थियो।

उक्त गीतको भिडियो युवा निर्देशन प्रतिक ङेसुरले निर्देशन गरेका हुन् भने छायांकन दक्ष एवम् कुशल क्यामरा मेन सुर्य लामा र विक्रम लामाले छायांकन गरेका थिए भने ड्रोन क्याप्टेन सुरेश घिसिङ ,भिडियो सम्पादक बज्र ङ्यसुरले गरेका थिए।
भिडियो गायक मदन ग्लानको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

भिडियो हेर्नुस्

Comments

comments