काठमाडौं । पछिल्लो समय गीत संगीतका क्षेत्रमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो दुर्गा बिरही। नेपाली सांगीतिक छेत्रमा धेरै पहिला देखि लागिरहेका बिरहीले कोरोना कहरका बावजुद पनि थुप्रै गीतहरु बजारमा ल्याउन सफल भएका छन् ।
यसैबिच, लोकप्रिय गायिका मेनुका परियार र दुर्गा बिरहीको सुमधुर स्वरमा अत्यन्तै मार्मिक गीत “ओई मोया ” सार्वजनिक भएको छ । आत्मा विश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा शब्द तथा लय पनि बिरहीकै रहेको छ भने संगीत संयोजन पदम बि.सि.ले गरेका छन् ।
प्रकाश खड्काको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको गीतमा टीका सानू र अर्जुन बि.क.को अभिनय रहेको छ । यस गितको भिडियो निर्देशन बिरही आफैले गरेका हुन् ।छोटो समयमा निकै चर्चा बटुल्न सफल बहुप्रतिभाको धनी बिरहीका आफ्नै लय ,शब्द र स्वरमा यसअघि धेरै गीतहरु बजारमा आईसकेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।