smart
काठमाडौं । युवा व्यवसायी तथा समाजसेवी छविलाल बोम्जनको निर्माणमा बनेका रहेको तामाङ सेलो “मायाको दुर्बिन” बजारमा सार्वजनिक भएको छन् ।
पुर्व राज्य मन्त्री,वाग्मती प्रदेश ३ का प्रतिपक्ष दलका नेता ईन्द्र बानियाँको प्रमुख आतिथ्यतामा तामाङ कुदाप स्वयम्भूमा पत्रकार सम्मेलन गरि बजारमा ल्याएका हो।
तामाङ सेलो गीत तामाङहरुको एक पहिचान गीत होे। सेलो गीत भित्र निकै अर्थपूर्ण माया प्रेम, स्नेह झल्काएको हुन्छ ।हालसम्मको इतिहासलाई हेर्ने हो भने दर्शकहरूले सर्वाधिक रुचाएका सेलो गीत नै हो।
युवा मोडल निरज लामाखोर र नव मोडल सुनैना रुम्बाद्वारा निकै सशक्त अभिनय गरेका छन् । गायक फूल कमार बोम्जनको शब्द, संगीत रहेको उक्त गीतमा फूल कुमार बोम्जन र गायिका शशिकला मोक्तानको सुमधुर आवाज रहेको छन् ।भने अडियोएरेञ्ज फणीन्द्र राईले गरेका थिए।
हाल ब्यस्त युवा निर्देशक प्रतीक ङ्यसुरले निर्देशित गरेका म्युजिक भिडियोलाई छायांकन ,ड्रोन क्याप्टेन र सम्पादक विक्रम लामाले गरेका थिए
भिडियो हेर्नुस् ।

Comments

comments