भक्तपुर । युवा गायक लनम तामाङको तामाङ सेलो लेकाली मैच्याङको कार्तिक २९ गते शनिबार लक्ष्मी पुजा को शुभ दिन सार्वजनिक हुने भएको छ।

उक्त म्युजिक भिडियोलाई माउन्टेन मल्टिपल कन्सल्सटेन्सी प्रालि सुर्यविनायक भक्तपुरमा पत्रकार सम्मेलन गरि बजारमा ल्याइने गायक लनम तामाङले बताएका छन् ।

गायक लनम तामाङको शब्द र स्वर रहेको गीतमा संगीत गायक सुनिल गिरीको रहेको छन् । भने तामाङ चलचित्रका चर्चित नायिका सुस्मा मोक्तान ,लक्ष्मान लामा पुसन लामा सुरेश लामाको अभिनय रहेको छ।

निर्देशक अजय स्याङतान ,छायांकन विक्रम मोक्तानले गरेका भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका तिनधारा,रोशी गा पा ४ का रमणीय दृश्यहरु अवलोकन गर्न सकिने निर्माण पक्षले जानकारी दिएका छन् ।

Comments

comments