२७ कार्तिक २०७७
काठमाठौ । अनिल लामाको ‘देन्वा एला थे माया’ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।
आज शुक्रवार जिग्मे मिडिया मार्फत उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।
उक्त गीतमा साङ्गे लामा ब्लोनको शब्दरचना रहेको छ भने संगीत अनिल लामाको रहेको छ । संगीतकार लामाले यस अघि ‘शैलुङ्गे मेलैमा’ बोलको गित अडियो भर्सन सार्बजनिक गरेका थिए । ‘शैलुङ्गे मेलैमा’ बोलको गितको अडियो भर्सन दर्शक श्रोताले अत्यन्तै रुचाए पश्चात पुनः तामाङ लभ सङ ‘देन्वा एला थे माया’ म्युजिक भिडियो सहित सार्बजनिक गरिएको हो ।
गायक हावा लामा दोङ र दिपा लामाको आवाज रहेको ‘देन्वा एला थे माया’ बोलको गितमा तामाङ समुदायको नायिका एवम मोडल शुष्मा मोक्तान, याङ्गी दोङको साथमा टिकटक स्टारको रुपमा परिचित अरुण लोप्चान र प्रणिक लामाको अभिनय रहेको छ ।
मकवानपुरको कुलेखानी आसपासमा छायांकन गरिएको उक्त गितको भिडियोमा मायापिरतिमा रहेका युगल जोडिको भावनालाई अत्यन्तै सरल तरिकाले ब्यक्त गरेको देखिन्छ । प्रेमी प्रेमिका बिचको एक अर्काको मायालाई खोला नाला देखि झर्नासँग तुलना गरिएको छ भने ती सबै मनोकाङ्क्षा पूरा हुनका लागि ईश्वर सामु प्रार्थना गरिएको गितको भावले व्यक्त गरेको छ ।
फुर्के फ्यामिलिको पोस्ट प्रोडक्सनमा बनेको उक्त गितको म्युजिक भिडियोको निर्देशक सोनाम पाख्रीन रहेको छ, क्यामेरामा रामेश्वर जिरेल रहेको छ भने ड्रोन अपरेटर सुरेश घिसिङ रहेको छ ।
सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘देन्वा एला थे माया’ को एरेन्ज पवन वाङ लामाको रहेको छ भने मिक्सिङ मास्टर दिपेश प्रधान रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।