३० कार्तिक २०७७
बनेपा । कक्षा ९ मा अध्ययनरत १६ वर्षिय संगीता थापाको सुमुधुर स्वरमा ‘उठ जनता’ बोलको जागरणमुलक गीत सार्वजनिक भएको छ ।
परिवारको पूर्ण साथमा सानैदेखि नेपाली गीत संगीतमा रूचि राख्ने थापाको ‘उठ जनता’ पहिलो रेकर्डिङ भएको गीत हो । यसमा थापा लगायत सुन्दर सुनाम, सुशील श्रेष्ठ र कोपिला न्यौपानेले स्वर भरेका छन् ।
सुरिलो स्वर, तीब्र इच्छा, परिवारको सहयोग र लगनशीलताले थापा यो क्षेत्रमा सफल हुनेछिन् भन्ने विश्वास गर्न सकिन्छ । यद्यपि आफ्नो धरातल अनि आफू हिड्ने बाटोलाई भने बिर्सन हुन्न ।
गायक सुन्दर सुनाम र कोपिला न्यौपानेको प्रेरणा र उर्जाले यो क्षेत्रमा लागेको बताउने संगीताको सफलता ‘उठ जनता’ बोलको यो गीतको सफलतासँग भने पक्कै जोडिनेछ । प्रस्तुत गीत साहित्यिक सर्जक छवि श्रेष्ठको शब्दमा गायक सुन्दर सुनामले संगीत भरेर विष्णु तामाङको एरेञ्जमा नवगायक सुशील श्रेष्ठले काभ्रे संगम म्युजिक प्रा.ली. मार्फत बजारमा ल्याएका हुन् ।
भिडियो हेर्नुहोस्

Comments

comments