भक्तपुर । रोशी गाउँपालिका अध्यक्ष  डिवि मोक्तानको प्रमुख आतिथ्यामा युवा गायक लनम तामाङको “लेकाली मैच्याङ”गीतका म्युजिक भिडियो सार्वजनिक भएको छ।

सो म्युजिक भिडियोलाई माउन्टेन मल्टिपल कन्सल्सटेन्सी प्रालि सुर्यविनायक भक्तपुरमा पत्रकार सम्मेलन गरि बजारमा ल्याएका हुन् ।

गायक लनम तामाङको शब्द र स्वर रहेको गीतमा संगीत गायक सुनिल गिरीको रहेको छन् ।
भने तामाङ चलचित्रका चर्चित नायिका सुस्मा मोक्तान ,लक्ष्मान लामा पुसन लामा सुरेश लामाको अभिनय रहेको छ।

निर्देशक अजय स्याङतान ,छायांकन विक्रम मोक्तानले गरेका भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका तिनधारे झरनामा छायांकन गरेका छन् ।

Comments

comments