काठमाडौं । युवा व्यवसायी तथा मोडल सागर मोक्तानले अाफ्नो मनभित्रको माया, ममता र स्नेह मोडल याङगी दोङलाई देखाएको छन् ।

“एदा घोर्गी ताम्” भन्ने बोलको गीतमा
माया, ममता के हो?स्नेह के हो ? भन्ने कुरा यस गीतबाट प्रष्ट बुझ्न सकिनेछ ,ताकि साँच्चिकै एकअर्कामा माया कसरी गरिदो रहेछन् ,भने कुरा पनि यस गीत मार्फत उदाहरणका रुपमा लिन सकिन्छ ।

उक्त “एदा घोर्गी ताम्” गीतका म्युजिक भिडियोमा मोडल सागर मोक्तान र याङगी दोङद्वारा निकै रोमाञ्चक अभिनय गरेका छन् ।

लोकप्रिय गायक तथा संगीत विशाल काल्तनको शब्द, संगित रहेका गीतमा युवा गायक रमित लामा ,चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाज रहेको छन् ।

काठमाडौको जोरपाटीस्थित छिमेकी क्याफेमा पत्रकार सम्मेलन गरि तामाङ समुदायका सेलो सम्राट तथा
वरिष्ठ गितकार तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा ´एदा घोर्की ताम`नामक म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
तामाङ चलचित्रका चर्चित नायक अमिर दोङले निर्देशन गरेका भिडियोलाई सुर्य लामाले छायांकन गरेका हुन् ।

गीतको भिडियोमा युद्ध लामाको कोरियोग्राफि रहेको भिडियोलाई डम्फू मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। उक्त कार्यक्रममा बिशेष अतिथि अादिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष तथा चर्चित संगीतकार तथा गायक विश्व दोङ,नायक ऋतुराज पाख्रिन, गायक तथा संगीतकार रोशन फ्युपा, गायक सुवास लामा,लगायतका अतिथिहरु उपस्थिति रहेको थियोे।भने कार्यक्रम चर्चित नायक तथा निर्देशक अमिर दोङको सभापतित्वमा सम्पन्न भएको थिए।
भिडियो हेर्नुस्

Comments

comments