भक्तपुर । तामाङ संस्कार संस्कृति बोकेका
ताम्बा है लामा बोम्बो बोलको गीत सार्वजनिक बजारमा सार्वजनिक भएको छ।

हाम्रो छार तामाङ्ग समाज हेटौंडाको प्रस्तुतिमा रहेको उक्त गीत छार तामाङ समाज संस्थाका अध्यक्ष बिजय पाख्रिनको शब्दमा गायक प्रकाश तामाङ तितुङको संगीत, स्वर रहेका छन् ।

तामाङ समुदायमा ताम्बा लामा, बोम्बो संस्कृतिक धरोहर का रुपमा चिनिन्छ ।ताम्बा,लामा र बोम्बो विना तामाङ समुदाय अधुरो रहन्छ ।वर्तमान अबस्थालाई हेर्ने हो यस्ता अाफ्नो संस्कृति झल्काउने गितहरु लोभ हुँदै गाएको छन् ।

अाम तामाङहरुको अास्था र पहिचान झल्काएका छन् उक्त गीतमा, तामाङ समुदायको अादिम युगदेखि प्रचलित धर्म संस्कार र संस्कृतिलाई प्रोत्साहन गर्नेखालका गीत रहेको निर्माता कृष्ण तामाङ थिङले बताएका छन्

आगा लामाले संगीत संयोजन गरेको यस गीत लाइट स्टुडियोमा रेकर्ड भएको हो । गितको ध्वनि सम्पादन भने एस.बि मुस्कानले गरेका थिए।

Comments

comments