भक्तपुर ।चर्चित गायक तथा संगीतकार निमा दोङको बिल्कुलै नयाँ मायाप्रेम गीत “झ्याल्ला पर्दा क्यार लाउले” गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।

करिब ४ दिन लगाएर छायांकन गरेकोे भिडियोम सिन्धुपाल्चोक जिल्लाको अामा याङरि लगायतका विभिन्न स्थानहरूमा छायांकन गरेर थिए।
माया

उक्त गीत तामाङ चलचित्रका चर्चित नायक सागर घिसिङ , स्मारिका थिङ र प्रयास वाइवाले अभिनय गरेका छन् ।

शब्द, संगीत चर्चित गायक तथा संगीतकार निमा दोङको रहेको छन् भने गायक स्वयम् र गायिका पुजा बोम्जनका सुमधुर अावाज रहेका छन् ।

गीतको म्युजिक भिडियो निर्देशन अजय स्याङतानद्वारा निर्देशित गरेका छन् भने क्यामरामा विक्रम मोक्तान रहेको छन् ।गीतको म्युजिक भिडियो छिट्टै बजार ल्याइने निर्माण पक्षले जानकारी दिएका छन् ।

Comments

comments