भक्तपुर ।युवा गायक युनिक दोङको “म्हाला आङा” सार्वजनिक भएको छन् ।

संचारकर्मी सिङ्ग मोक्तानको पहिलो शब्दमा रहेको तामाङ दोहोरी गीत गायक युनिक दोङको प्रस्तुति रहेको
यस गीतमा युनिक दोङ र गायिका जितु लोप्चनको सुमधुर आवाजले भरेका छन् ।साथै यस गीतको चर्चित गायक तथा संगीतकार विशाल काल्तनको संगीत रहेको छन् ।

जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन।उक्त गीत सगु सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।गीतको भिडियो पनि चाडैँ बजारमा ल्याउँने तयारी रहेको निर्माण पक्षले बताईएको छ।उक्त गीत सुपर सेलो च्यानल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।