काठमाडौं ।सामाजिक अभियान्त तथा अधिवक्ता
रजनी घिसिङको सांगीतिक प्रस्तुति रहेको “मायाला म्हेन्दो”बोलका गीतको म्युजिक भिडियाे सार्वजनिक भएको छ।

वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा शनिबार  छिमेकी क्याफे जोरपाटी बाैद्वमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका हो।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा गायक सञ्जिव वाइवा र शशिकला मोक्तानको सुमधुर आवाजमा रहेको छन् भन्ने उक्त गीतका शब्द,संगीत अध्यक्ष स्वयम् कै रहेका छन् ।
यस म्युजिक भिडियोमा समाजिक अभियान्त रजनी घिसिङ र बिजय ब्लोनद्वारा अभिनय गरेका छन् ।
गीतको एरेञ्ज जोगलाल लामाले गरेका गीतलाई दिपेश प्रधानले गरेका थिए।
तामाङ चलचित्र चर्चित नायक अमिर दोङले निर्देशन गरेका भिडियो बज्र ङ्यसुरले छायांकन गरेका हो भने
सुर्य लामाको कलर, र युद्ध लामाको कोरियोग्राफी गरेका थियोे ।

उक्त कार्यक्रममा बिशेष अतिथि नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिव वाइवा, चर्चित नायक   अमिर दोङ रहेको थियो ।
कार्यक्रममा तामाङ समुदायको चिरपरिचित नायिका रोश्नी ब्लोन, गायिका शशिकला मोक्तान, गायिका रेश्मा बोम्जन, मोडल सागार मोक्तान, सागर घिसिङ ,गायक प्रकाश तितुङ लगायतका अतिथिकाहरुको सहभागीता रभएको थिए।
उक्त भिडियो सार्वजनिक पत्रकार सम्मेलनबाट
कार्यक्रममा कमल थिङ बचाउ अभियानमा संकलन रकम १० लाख उनको धर्मपत्नीलाई प्रमुख अतिथि चन्द्र कुमार दोङ र विशेष अतिथि सन्जिव वाइवाको हातबाट हस्तान्तरण गरिएको छ ।
रजनी घिसिङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम हाम्रो समृद्घ नेपालका अध्यक्ष तथा पत्रकार सुदिन लामाले कार्यक्रम सञ्चालन गरेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।