बाैद्व काठमाडौं । मिलन थिङ (पाराङ) को माया प्रेमसंग सम्बन्धित तामाङ गीत “ङाला मायाला रंगा” भाग -२ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख अातिथ्यातामा भिडियोलाई सार्वजनिक भएको हो।
छिमेकी क्याफे जोरपाटी बाैद्वमा उक्त भिडियोलाई दिउँसो ३ बजे एक बिशेष अाैपारिक कार्यक्रम गरि बजारमा ल्याएको हो।

गायक तथा संगीतकार फुलकुमार बोम्जनको शब्द रहेको गीतमा चर्चित लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तान गरेको छन् ।
भिडियोमा मोडल मिलन थिङ(पाराङ)र मोड्लिङ क्षेत्रमा निकै सम्भावना बोकेकी नव मोडल सृजना मोक्तानले निकै सशक्त अभिनय गरेका भिडियोमा बाल गायिका जिग्मे छ्योइकी घिसिङले साथ दिएका छन् ।
मोडल सृजना मोक्तान मोड्लिङ क्षेत्रमा पहिलोपटक मोड्लिङ यात्रामा प्रवेश गरेकी थिएन ।
भने उक्त गीतमा सुमधुर आवाज संगीतकार तथा चर्चित गायक विशाल काल्तान र चर्चित गायिका जितु लोप्चनको रहेको छन् ।
एरेञ्ज चाँद सि को रहेको गीतमा मिक्सिङ भने दिपेश प्रधानले गरेका थिए।
चलचित्र क्षेत्रका कुशल चर्चित नायक अमिर दोङ र कृष्ण ब्लोनद्वारा निर्देशित भिडियोलाई ड्रोन क्याप्टेनमा र छायांकन सुर्य लामाले गरेका छन् ।यस भिडियोलाई इडिट कृष्ण ब्लोनले गरेको थियोे ।
कार्यक्रममा बिशेष अतिथि तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा ,चर्चित गायक तथा संगीतकार विश्व दोङ,विशेष गायक तथा संगीतकार फुलकुमार बोम्जन, अतिथि निर्देशक तथा चर्चित नायक अमिर दोङ,नायक सन्दिप स्याङतान,एभरेस्ट होम फेसनकी अध्यक्ष रोश्नी ब्लोन, समाजसेवी सागर घिसिङ मोडल सागर लामा लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।
यस म्युजिक भिडियोलाई डम्फू मिडिया हाउसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो हेर्नुस् ।

























