काठमाडौ । युवा व्यवसायी तथा गायक सुवास तामाङको तामाङ संस्कार र संस्कृतिको सन्देश मुलक गीत “छेवार” बोलको गीतकका म्युजिक भिडियो बजारमा सार्वजनिक छ।
“छेवार “को म्युजिक भिडियो माननीय सांसद कृष्ण बहादुर राई ज्यु को प्रमुख अातिथ्यतामा एक विशेष औपचारिक कार्यक्रमको अायोजना गरि छिमेकी क्याफे जोरपाटी बाैद्वमा शुक्रबार सार्वजनिक भएको हो।

तामाङ समुदाय भित्रीमा छेवारको छुट्टै महत्त्व र अर्थपूर्ण रहेको छ।
छेवार तामाङ सभ्यता गीत हो।छेवार तामाङ संस्कार मुलुक गीत हो।तामाङ पहिचान गीत हो।त्यस अर्थमा गीतलाई निकै महत्त्वपूर्ण रुपमा लिएको पाइन्छ ।

शब्द,संगीत गायक बैरागी मोक्तानको रहेको गीतमा गायक सुवास तामाङ,चर्चित गायिका शशिकला मोक्तान ,बाविता पाख्रिनका सुमधुर अावाज रहेका छन् ।
गीत एरेञ्ज पवन वाङ लामाले गरेको हो।

उक्त गीतमा तामाङ समुदायको निकै चर्चित कलाकार पुरानो देखि नयाँ कलाकारले दमदार प्रस्तुति रहेको छन् ।
सेलो चर्चित गायक प्रेम लोप्चन,चर्चित नायक अमिर दोङ,कुइसाङ रुम्बा,बैरागी मोक्तान खेम मोक्तान ,मिलन थिङ,सुस्मा मोक्तान ,पुर्णिामा थोकर,पुष्पाञ्जली लोप्चन,दिपा घिसिङ ,साइना लामाले सशक्त अभिनय गरेका छन् ।

निर्देशक अजय स्याङतान र बाबुराज केसीले गरेको भिडियोको कोरियोग्राफर अजय स्याङतानलै नै गरेका हुन् ।दिर्गा खड्का र दुर्गा पाैडेलले छायांकन गरेका थिए।

भिडियोको सम्पादन अजय स्याङतान,दिर्गा खड्का र नवीन घर्ती मगरले गरेका छन् ।

कार्यक्रममा विशेष अतिथि वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, वरिष्ठ गायिका इन्दिरा गोले,चर्चित गायक प्रेम लोप्चन,र तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा रहेका थिए।अतिथि चर्चित गायक संगीतकार विश्व दोङ, विशाल काल्तान,निमा दोङ,गायक निर्मला घिसिङ,दिपा लामा,लगायतका अतिथिहरु उपस्थित रहेको थियोे ।

भिडियो लाई नाम्दु मिडिया अफिसियल च्यानलबाट सार्वजनिक गरेका छन् ।
भिडियो हेर्नुस् ।

Comments

comments