स्वास्थ्यतर्फ

१. गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट नागरिकहरुलाई सहज, सर्वसुलभ गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।

२. गाँउपालिकाबासी सबैलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराउन प्रोत्साहन गरिनेछ ।

३. आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने निःशुल्क औषधीहरुको उपलब्धताको सुनिशता गरिनेछ ।

४. गाउँपालिकाको बर्थिङ सेन्टर र अस्पतालमा सुत्केरी हुने यस गाउँपालिका भित्रका महिलाहरुको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिनेछ ।

५. सबै माध्यमिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम विस्तार कार्यक्रमलाई व्यवस्थित गरी विद्यालयहरुमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

६. स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने आधारभूत सेवाहरुको नियमन कार्यलाई प्रभावकारी बनाइनेछ ।

७. सर्वसाधारणहरुको स्वास्थ्यमा पहुँच विस्तार गर्नको लागि आवश्यकता अनुसार विशेषज्ञता सेवा प्रदान गर्न स्वास्थ्य शिविर संचालन गरिनेछ ।

८. बर्थिङ्ग सेन्टरमा २४ सैं घन्टा प्रसुती सेवा उपलब्ध गराईनेछ,प्रसुती सेवामा संलग्न कर्मचारीहरुलाई आवश्यक प्रोत्साहनको व्यवस्था मिलाईनेछ ।

९. महिला स्वयंसेविकाहरुलाई दक्षता विकास तालिम उपलब्ध गराई उनीहरुको सेवालाई प्रभावकारी तुल्याइनेछ।

१०. मानसिक स्वास्थ्य समस्यालाई कम गर्न विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गर्न जनशक्ति परिचालन गरिनेछ ।

११. अति विपन्न नागरिकहरुको जटिल किसिमको रोगको उपचारको सहयोगको लागि अध्यक्ष सहायता कार्यक्रमको शुरुवात गरिनेछ ।

शिक्षातर्फ

१२. समग्र विद्यालयको गुणस्तर सुधारको लागि गाउँपालिका र प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरिनेछ । साथै प्रधानाध्यापक र विद्यालयका शिक्षकहरुसँग कार्यसम्पादन मूल्यांकन सम्झौता गरिने कार्यलाई निरन्तरता दिईनेछ ।

१३. प्रधानध्यापकलाई विद्यालयको समग्र शैक्षिक गुणस्तर कायम गर्न विद्यालयको तह अनुसार कार्य सम्पादन मूल्यांकनको आधारमा त्रैमासिक रुपमा प्रधानाध्यापकहरुलाई थप भत्ताको सुविधा उपलब्ध गराईनेछ ।

१४. कार्यसम्पादन मूल्यांकनको आधारमा शिक्षकहरुलाई अन्तर विद्यालय स्थानान्तरण गर्ने नीति अबलम्बन गरिनेछ ।

१५. विपन्न वर्गका विद्यार्थीहरुको पहिचान गरी त्यस्ता विद्यार्थीहरुलाई निःशुल्क स्टेशनरी, पोशाक लगायतका अन्य सुविधा उपलब्ध गराईनेछ ।

१६. आवश्यकताको आधारमा गाउँपालिका भित्रका विद्यालयहरुलाई आवासीय विद्यालयको रुपमा क्रमशः विकास गर्दै जानेछ ।

१७. तोकिएको मापदण्ड बमोजिम शिक्षक संख्या, विद्यार्थी संख्या र अन्य पूर्वाधार नपुग भएका विद्यालयहरुलाई तह घटुवा मर्ज वा स्थगन गरी शिक्षक सरुवालाई व्यवस्थित बनाईनेछ ।

१८. विद्यालयहरुको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाईको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तारको लागि स्रोत व्यवस्था गर्दै शिक्षकहरुको व्यावसायिक क्षमता विकासको लागि गरिने लगानीमा विविधता ल्याईनेछ ।

१९. गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण गरी मापदण्ड पूरा गरेका विद्यालयहरुलाई खानेपानी, सरसफाइ र स्वच्छता सूचाङ्कमा तीन तारा विद्यालय घोषणा गर्दै लगिनेछ ।

२०. यस गाउँपालिका अन्तरगतका विद्यालयहरुमा रिक्त हुन आउने दरबन्दीमा शिक्षक अभाव हुन नदिन करार शिक्षक बैङकको व्यवस्था गरिनेछ ।

२१. सबै सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा पढने विद्यार्थीहरुलाई आगामी शैक्षिक गन्तव्यको लागि परामर्श सेवा जस्ता जीवनवृति Career Counselling) कार्यक्रम संचालन गरिनेछ ।

२२. वर्तमान बजार मूल्य र अन्य परिवेशलाई ध्यानमा राखी बिगत आर्थिक वर्ष देखि दिन्दै आएको सामुदायिक विद्यालयमा कार्यरत वाल शिक्षक लगायत अन्य विद्यालय कर्मचारीहरुको
वृद्धि गरिएको सेवा सुविधालाई निरन्तरता दिईनेछ ।

२३. उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंरीदेउराली” भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता
प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिने कार्यलाई निरन्तरता दिइनेछ ।

२४. विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री तथा अपाङ्गतामैत्री संरचना निर्माणमा जोड दिइनेछ।

२५. सबै विद्यालयहरुमा क्रमशः पुस्तकालय विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीतिलाई निरन्तरता दिइनेछ।

२६. पालिका स्तरीय शिक्षा सम्बन्धी कार्यविधिहरु आवश्यकता अनुसार संसोधन गरी विद्यालय
सचलन तथा नियमनको लागि कार्यविधि सहितको वृस्तित शिक्षा ऐन ल्याइनेछ ।

२७. शैक्षिक प्रणाली में रूपान्तरण ल्याउन पाठ्यक्रम विकास, पठनपाठनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थपान, शैक्षिक पात्रे व्यवस्थापन, अघाविधक स्रोत व्यवस्थापन, विद्यालय- अविभावक विचको सञ्चार व्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) लागु गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

२८. “एक विद्यालय एक उत्पादन कार्यक्रमको संचालनको लागि स्रोतको व्यवस्था गरिनेछ ।

२९. स्थानीय पाठ्यक्रमको आधारमा स्थानीय पाठ्यपुस्तकलाई कार्यान्वयनमा ल्याइनेछ ।

३०. विद्यालय स्तरको परिक्षा प्रणाली तथा मूल्यांकन प्रणालीलाई व्यवस्थित तथा मर्यादित गरिनेछ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला