धूलिखेल– काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसियसनको ४५ औं वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्रमुख आतिथ्यता शनिवार धुलिखेलमा सम्पन्न भएकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रिय गलत कुराकाे विरुद्ध आफूहरु सधैं लागिरहने बताए । ‘न्यायिक प्रणाली सुद्धिकरणको अभियानमा जेलमा बस्न तयार छु । तर गलत कुरा विरुद्ध सम्झौता गर्दिन् । गलत कुराको विरुद्ध हामीले सधैं आवाज वुलन्द गरिरहनुपर्छ ।’ उनले भने, ‘बारको नेतृत्व कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने हुँदा आफुले विधिको शासन विरुद्द कहिल्यै सम्झौता गर्दिन्’
यसैबीच नेपाल बारको अध्यक्ष माथि लागेको अबहेलनाको मुद्दा बारे जानकारी दिंदै बार महासचिव अञ्जिता खनालले बार र बेञ्चको सुद्धिकरण आफुहरुको प्रयास भएको बताइन् ।
कार्यक्रममा बेञ्च पनि आफ्नो मर्यादामा बस्नुपर्ने उनको जोड थियो । बारका पूर्वमहासचिव वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, काभ्रे जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपाने, उच्च अदालत पाटन बारका अध्यक्ष अधिवक्ता विदुर ढुँगाना, काठमाडौं जिल्ला बार उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारी, ललितपूर बार अध्यक्ष बरिष्ठ अधिवक्ता राम श्रेष्ठ, विशेष अदालत बार अध्यक्ष अधिवक्ता टिका बहादुर कुँवर, निवर्तमान बागमति प्रदेश मुख्य न्यायाधिवक्ता अधिवक्ता ज्ञानेन्द्र नेपाल, वरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल, काभ्रे बारका संस्थापक सदस्य अधिवक्ता विष्णुप्रसाद पाण्डे, काभ्रे जिल्ला सरकारी वकिल कृष्णा भण्डारी, अधिवक्ता डेकेन्द्र सुवेदी, पूर्व काभ्रे बारका अध्यक्ष अधिवक्ता रमेश हुमागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाको बन्द शत्रमा कोषाध्यक्ष नारायणध्वज तामाङले पेश गरेको आर्थिक प्रतिवेदन तथा अध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पारित भएको थियो । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण सापकोटाले सपथ गराएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























