खानीखाेला– काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएकाे छ । गाउँपालिकाकाे केन्द्र तालढु‌गामा हुने साे शिविर पौष ८ गते तालढुङ्गा स्वास्थ्य केन्द्रमा हुने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिएका छन् ।

अध्यक्ष थिङका अनुसार शिविर ग्रेस नेपालको आयोजना तथा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामङ्गल काठमाडौंको प्राविधिक सहयोगमा हुन लागेकाे हाे । शिविरमा जनरल मेडिसिन, प्रजनन् तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हार्ड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी, आँखा परिक्षण तथा उपचार, दन्त रोग, ईसीजी सेवा, भिडियो एक्सरे, ल्याब (HB, Sugar, Urea, Uric Acid, Udin R /F Pregnancy Test, Blood Group Test) लगायतका सेवाहरु पाउनेछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।