काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा नवीनतम सिर्जनाको थप गर्दै गायक कान्छा रिदम तामाङ र चर्चित गायिका सुमिना लोले गाएको नयाँ गीत “टिकटक लाइभ” सार्वजनिक भएको छ। यो गीतले आधुनिक डिजिटल युगको प्रभावलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ।

गीतकार कुमार बम्जनको शब्द, चर्चित गायक तथा संगीतकार विश्व दोङ संगीत रहेको गीतमा गायक कान्छा रिदम तामाङ र चर्चित गायिका सुमिना लो को आवाज रहेका छन् ।गीतको एरेन्जर बुद्ध स्याङ्बा,मिक्स/मास्टरिङ: दिपेश प्रधानको रहेको छ।

“टिकटक लाइभ” गीतले अहिलेको सामाजिक सञ्जालको प्रभावलाई मौलिक संगीत र रोचक शब्दहरूद्वारा चित्रण गरेको छ। विशेषगरी युवापुस्ताले टिकटकजस्ता डिजिटल प्लेटफर्मलाई मनोरञ्जन र व्यक्तित्व प्रदर्शनको माध्यमका रूपमा कसरी उपयोग गरिरहेका छन् भन्ने पक्षलाई गीतले उत्साहजनक रूपमा प्रस्तुत गरेको छ।

गीतको संगीत संयोजनमा गायक तथा संगीतकार विश्व दोङको विशिष्टता प्रस्ट देख्न सकिन्छ। कुमार बम्जनले लेखेको शब्दहरू सरल, भावनात्मक, र वर्तमान समयको ट्रेन्डलाई समेट्ने खालका छन्। सुमिना लो र कान्छा रिदम तामाङको आवाजले गीतलाई थप ऊर्जा र गहनता दिएको छ।

गीतले मनोरञ्जन मात्र नभई अहिलेको डिजिटल समाजको एक महत्वपूर्ण पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ। “टिकटक लाइभ” विशेषगरी युवाहरूको मन जित्ने अपेक्षा गरिएको छ।

“टिकटक लाइभ” गीत आधुनिक समयको ट्रेन्डलाई मनोरञ्जन र कलात्मकताको माध्यमबाट प्रस्तुत गर्ने उत्कृष्ट प्रयास हो। यस गीतले नेपाली संगीतमा नयाँ आयाम थप्ने र विशेषगरी युवापुस्तालाई प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।

“टिकटक लाइभ” गीतलाई कान्छा रिदमको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गीत सुन्नुहोस्।   https://m.youtube.com/watch?v=fL5DVT_GjZ0

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।