प्रवास । सिन्धुपाल्चोक जिल्लाभरको रोजगारीका सिलसिलामा  प्रवासमा रहेका तामाङ समुदायको संस्था सिन्धुपाल्चोक तामाङ समाज युएईको ”प्रथम बार्षिक उत्सव तथा खान्दोके सेलो २ बृहत सास्कृतिक कार्यक्रम” हुने भएको छ।

कार्यक्रम अगस्ट ४ ,२०२४ आइतबार दिउँसो १:०० बजे देखि क्लब एभरेस्ट वरदुबाई (Yak & Yati) मा हुने  आयोजकले जानकारी दिएको हो
तामाङ मौलिक भाकाको रुपमा परिचित खान्दोके सेलोको संरक्षण एवं प्रवर्द्धनका लागि विशेषता सिन्धुपाल्चोकको अधिकांश तामाङ गाउँहरुमा गाइने आफ्नै मौलिक भाकाको रुपमा परिचित छन्।सिन्धुपाल्चोकको भेगियमा मौलिक भाका भएता पनि यसलाई सुन्ने स्रोता, हेर्ने दर्शकको संख्या दिनानुदिन विश्वभर फैलिदै गइरहेको छ। खान्दोके सेलो संरक्षण र प्रबर्द्धनको लागी सिन्धुपाल्चोक तामाङ समाज युएईको आयोजनामा  “वार्षिक उत्सव तथा खान्दोके सेलो-२ बृहत सांस्कृतिक कार्यक्रम” का तयारी भइरहेको आयोजकले जानकारी दिएका छन् ।

प्रथम वार्षिक उत्सव र खान्दोके सेलो वृहत् साँस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु  गायक लोकेन लामा ,गायिका रोश्ना लुङ्बा ,बिना घले र जमुना गोले लगायतका स्थानीय कलाकार हरुको सांगीतिक प्रस्तुति दिने भएको छ।

कार्यक्रमका प्रमुख अतिथि राम मोक्तानद्वारा उद्घाटन गर्ने कार्यक्रमा बिक्रम लिम्बू र प्रबिन स्याङबोको विशेष अतिथि रहेको अध्यक्ष राजु नगरकोटी तामाङले जानकारी दिएको हो।

कार्यक्रम जनक गोले र समीर तामाङले संचालन गर्ने सिन्धुपाल्चोक तामाङ समाज युएईको महा-सचिव तथा यसै कार्यक्रम संयोजक संजय लामाले जानकारी दिनु भएको छ।
उक्त कार्यक्रममा युएईमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपाली, तामाङ दाजुभाइ तथा दिदीबहिनी हरुलाई उपस्थितिका अनुरोध समेत आयोजकले गरिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।