काठमाडौं – नेपाल तामाङ कलाकार संघको अध्यक्ष एवम् तामाङ संगीतका चर्चित गायक तथा संगीतकार विशाल काल्तनको नयाँ म्युजिक भिडियो ‘रोशी त खोलाको’ सार्वजनिक भएको छ। गीतमा रोशी खोलाको सौन्दर्यसँग प्रेमभावलाई जोड्दै मौलिक सांस्कृतिक पक्षलाई उजागर गरिएको छ।

गीतमा चर्चित गायक विशाल काल्तन र चर्चित गायिका जितु लोप्चन स्वर दिएका छन्। यसका शब्द र संगीत स्वयं विशाल काल्तनकै सिर्जना हुन्। गीतको एरेन्ज फानिन्द्र राईले गरेका छन् भने मिक्सिङ र मास्टरिङ दिपेश प्रधानले गरेका छन्, जसले गीतलाई सुमधुर र आकर्षक बनाएको छ।

म्युजिक भिडियो प्रतीक ङयासुरको निर्देशनमा तयार गरिएको हो। भिडियोमा तामाङ पहिचान झल्किने भेषभूषा र प्राकृतिक दृश्यहरूलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। छायांकन जिवन बस्नेत ‘सुन्दर’ले गरेका छन् भने सम्पादन अमृत चापागाईंको रहेको छ।

गीतको भिडियोले प्रेम र प्राकृतिक सुन्दरताबीचको सम्बन्धलाई उजागर गर्दै दर्शकलाई भावुक बनाउने प्रयास गरेको छ। गीतमा मोडल समीर तामाङ र सपना  आर वम्जनले मुख्य भुमिका निर्वाह गरिएका छन् ।भने यस गीतमा अन्य कलाकारहरूको अभिनय र लोकेसनको सौन्दर्यले थप आकर्षण प्रदान गरेको छ।

गीतलाई समाजसेवी पेमादोर्जे बम्जनको प्रस्तुति रहेको छ भने भिडियो विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ। ‘रोशी त खोलाको’ ले सांगीतिक क्षेत्रमा उच्च प्रशंसा बटुल्दै तामाङ संस्कृतिको प्रवद्र्धनमा योगदान दिने विश्वास गरिएको छ।

गायक तथा संगीतकार गायक विशाल काल्तनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो हेर्नुहोस्:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।