राेशी= देशैभरि भारी वर्षााका कारण बाढी पहिराेका कारण निक्कै ठूलाे धनजनकाे क्षति भइरहेकाे छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा बाढी पहिराेका कारण धनजनकाे क्षति देखि सडकहरु अबरुद्ध भएकाे कारण यातायातमा निक्कै जाेखिम बढीरहेकाे छ ।बाढी पहिराेबाट हुनसक्ने सबै प्रकारकाे क्षतिहरुलाई न्यूनिकरण  गर्न काभ्रे जिल्लाकाे राेशी गाउँपालिका वडा नं. ९ मंगलटार बजारमा रहेकाे इलाका प्रहरी कार्यालय, मंगलटार भने ‘हाइ अलर्ट’मा रहेकाे छ ।

शुक्रबारदेखि भएकाे निरन्तर वर्षाका कारण विपि राजमार्गकाे विभिन्न स्थानमा अबराेधहरु भयाे । जहाँ अबराेध त्यहाँ इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीकाे कमाण्डमा अबराेध हटाउन पुगीरहेकाे छ ।

विपि रजमार्गको बिभिन्न भागहरुमा माथिबाट पहिराे जाने, ढुङ्गा खस्ने र खहरेखाेलाहरुमा आएकाे बाढीका कारण बाटाे अवराेध भइरहेकाेले तत्काल समस्या समाधानका लागि आफूहशरु ‘हाइ अलर्ट’मा बसेकाे इन्स्पेक्टर गिरीले तेमाल अनलाइनलाई बताए । केही दिन अघि इलाका प्रहरी कार्यालय मंगलटारकाे आयाेजनामा दुर्घट्नाकाे क्रममा घाइतेकाे उद्धार सम्बन्धी तालिमसामुदायिक विपद प्रतिकार्य सम्बन्धी ३ दिने तालिम समेत आयाेना गरिएकाे थियाे ।

बाढी पहिराेकाे कारण कहीँ कतै कुनै पनि समस्या परेमा प्रहरीलाई तुरुन्तै खबर गर्नर् समेत गिरीले अनुराेध गरेका छन् । उनले विपि रजमार्गको बिभिन्न भागहरुमा माथिबाट पहिराे जाने, ढुङ्गा खस्ने र खहरेखाेलाहरुमा आएकाे बाढीका कारण बाटाे अवराेध भइरहेकाे हुँदा यात्राको क्रममा सतर्कता अपनाउंदै सिमित गतिमा सवारी चलाई, सवारी नियमको पूर्ण पालना गर्न हुन अनुराेध समेत गरेका छन् ।

प्रहरीले बिगत केहि दिन देखि परेको अबिरल वर्षाको कारण रोशि, माम्ति, भ्याकुरे, मंगल लगायतका नदि, खोलाहरुमा आएको बाढि तथा विभिन्न स्थानबाट खसेको पहिरो एवं ढुङ्गाहरुले वि•पि• राजमार्ग अन्तरगत बिभिन्न स्थानहरुमा अबरोध पुर्याएको भएतापनि स्थानिय तह, सडक विभाग, स्थानियबासि लगायत सरोकारवाला निकायहरुसँगको निरन्तर सहकार्य, समन्वयमा अबिछिन्न प्रयास पश्चात उक्त राजमार्ग सुचारु गरिएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।

‘विभिन्न स्थानहरुमा आएको बाढिमा ठाडो खोला तर्दा पुर्वानुमान गर्न असहज रहेको, पुलहरु समेत नरहेको स्थानमा वाढिको वहाब घटेपछि मात्र, साथमा अन्य व्यक्ति समेत भइ, सतर्कता अपनाइ, खोला तर्न हुन अनुरोध गर्दछौं |’ गिरीले भने, ‘रोशि नदिको बहाब बढ्दै गएकोले नदि किनारको खेतिपातिमा जांदा एबँ नदि किनारमा बस्ति रहेको महानुभावहरुलाई समेत सतर्कता अपनाउनु हुन अनुरोध गर्दछु |’

वि•पि• राजमार्ग अन्तरगत बिभिन्न स्थानहरुमा देखिएका समस्या

इलाका प्रहरी कार्यालय, मंगलटारले बिपि राजमार्ग अन्तरर्गत विभिन्न स्थानलाई समस्या भइरहने स्थानकाे रुपमा ईंगित गरेकाे छ ।

– माम्ति खाेलामा गेगर / लेदो आउने,

– ⁠भ्याकुरेखोलामा डाइभर्सन बगाउने,

– ⁠कालढुङ्गा, पिपलबोट, बेरुडाडा, चिउरीबास, दाउन्ने, कालोपुलमा लेदो/ढुङ्गा आइ पुरिने,

– ⁠चारसेवेसी, नाङ्साल पहिरो खस्ने,

– ⁠मंगलखोला, लास्कोट खोल्चाबाट गेगर/ढु्ंगा सहितको लेदो/वाढि आउने,

– घुमाउने, चौकिडाँडामा ढुङ्गा खस्ने

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।