समाजका सबै वर्ग, क्षेत्र र समुदायका मानिसले राज्यमा उपलब्ध स्रोतसाधन, अधिकार, अवसर र लाभको बाँडफाँट तथा सोको उपभोगमा न्याय अनुभूति गरेको अवस्था नै सामाजिक न्याय हो । यस अवधारणाले समाजका हरेक क्षेत्रमा न्यायपूर्ण अवस्था सिर्जना गर्ने कुरामा जोड दिन्छ । समानबिच समान व्यवहार र असमानबिच असमान व्यवहार गरी समाजका सबै वर्ग, क्षेत्र र समुदायको समविकास र समउत्थानमा जोड दिन्छ । समाजका प्रत्येक सदस्यबिच समान व्यवहार, सद्भाव, सम्मान र मर्यादा कायम गरी न्यायपूर्ण समाजको निर्माण गर्न सामाजिक न्यायको महìव रहन्छ ।

सामाजिक न्यायका प्रचलित दृष्टिकोणहरूः

क) समानतामा आधारित न्याय/वितरणात्मक न्यायः राज्यमा उपलब्ध स्रोतसाधन, अधिकार, अवसर र लाभको समान रूपमा वितरण गरी प्रत्येक सदस्यलाई आफू विभेदमा नपरेको अनुभूति दिलाउनु नै वितरणात्मक न्याय हो ।

ख) समतामा आधारित न्याय/पुनः वितरणात्मक न्यायः असमान अवस्थामा रहेकाबिच असमान व्यवहार गरी स्रोतसाधन, अधिकार, अवसर र लाभमा पहुँच दिलाउँदै न्यायको अनुभूति गराउनु नै पुनः वितरणात्मक न्याय हो । प्रगतिशील कर, नगद हस्तान्तरण, कर छुट तथा सहुलियत जस्ता माध्यमबाट पुनः वितरणात्मक न्याय प्रदान गर्न सकिन्छ ।

ग) उपचारात्मक न्यायः कुनै व्यक्ति वा समूहबाट भएको गल्ती वा हानि बापतपीडित पक्षलाई क्षतिपूर्ति भराई न्याय दिलाउने अवधारणा उपचारात्मक न्याय हो । विगत लामो समयदेखि विभेद र उत्पीडनमा परेको समुदायका लागि वर्तमानमा क्षतिपूर्ति स्वरूप आरक्षण वा विशेष अवसर प्रदान गर्दा उपचारात्मक न्याय हासिल हुन सक्छ ।

घ) संरक्षणात्मक न्यायः अशक्त, असहाय, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएको वर्ग, क्षेत्र र समुदायका लागि विशेष संरक्षणका नीति तथा कार्यव्रmमबाट उत्थान र मूलप्रवाहीकरण गरी न्याय प्रदान गर्ने अवधारणा संरक्षणात्मक न्याय हो । लक्षित वर्ग केन्द्रित कार्यव्रmम, आरक्षण, सकारात्मक विभेद नीति जस्ता उपायबाट संरक्षणात्मक न्याय प्रदान गर्न सकिन्छ ।

ङ) पुनस्थार्पित न्यायः विकृत शासकीय अभ्यास, विभेदकारी सामाजिक संरचना, द्वन्द, हिंसा, प्राकृतिक प्रकोपलगायतका कारणबाट अन्यायमा परेका वर्ग, क्षेत्र र समुदायलाई विशेष नीति तथा कार्यव्रmमबाट समाजमा पुनस्र्थापना गरी न्याय प्रदान गर्ने अवधारणा नै पुनस्र्थापित न्याय हो । सामाजिक विकृति र कुप्रथाको अन्त्य गरी सबैलाई न्याय प्रदान गर्ने कार्य पुनस्थार्पित न्यायको उदाहरण हो । कमैया मुक्त, दास प्रथा अन्त्य, हलिया मुक्ति तथा सम्बद्ध समुदायको पुनस्र्थापनाका लागि कार्यव्रmम लागु गरेर ती समुदायलाई न्याय प्रदान गर्न सकिन्छ ।

– अन्त्यमा, नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरेर मात्र सामाजिक न्याय हासिल गर्ने दिशामा अगाडि बढ्न सकिन्छ । यसका लागि सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय, निजी क्षेत्र, दातृ निकाय, नागरिक समाजलगायत समाज रूपान्तरणमा व्रिmयाशील सबै पात्रको सकारात्मक पहलकदमी आवश्यक पर्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।