खानीखाेला– काभ्रे पलाञ्चाेक गाउँपालिकामा संविधान दिवस–२०८१  भव्य रुपमा मनाइएकाे छ । नेपालको इतिहासमा जनताकाे प्रतिनिधिद्वारा पहिलाे पटक संविधान लेखेकाे ९ वर्ष पूरा गरेर १० वर्षमा प्रवेश गरेकाे अवसरमा गाउँपालिका हाेर्षाेल्लासका साथ मनाइएकाे छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को उपलक्ष्यमा आज गाउँपालिकाकाे आयाेजनामा शुभकामना आदनप्रदान, अन्तरक्रिया तथा दिप प्रज्वलन कार्यक्रम गरेकाे थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथिमा खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ), अतिथिथहरुमा उपाध्यक्ष दोर्जेमान जिम्बा, निमित प्रमुख प्रशासकीय अधिकृत रामपुकार यादव, प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल , इन्जिनियर जीवन राज अर्याल , महिला नेत्री मिना पाख्रीन, युवा नेता अविरल जिम्बा,वडा न: ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, ४ नम्बर अध्यक्ष निशान मोक्तान, ३ नम्बर अध्यक्ष सागर लामा, १ नम्बर अध्यक्ष सन्चमान थिङ, सहकारी अभियानता युवा नेता राजन अधिकारी, श्रीजना थिङ लगायतका सहभागी थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।