बनेपा– “हाम्रो अभियान, खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान” भन्ने नाराका साथ भाेलि (असाेज ४) गतेदेखि शुरु हुने बनेपा महोत्सव–२०८१ काे उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री, माननीय कुन्दनराज काफ्लेले गर्ने भएको छ ।

भाेलिदेखि असाेज १६ गतेसम्म सञ्चालन हुने साे महाेत्सवकाे आयाेजना बनेपा ब्वाइज क्लबले गरेको हाे । उद्घाटनमा बाजागाजा, नाच, झाँकी सहित विभिन्न संघ संस्था, स्कुल, क्लबको सहभागिता हुने आयाेजकले जनाएकाे छ ।

र्याली बनेपा पार्टी भेन्यू, बनेपा-८, मयुर हल अगाडिबाट शुरु हुने बिबिसीका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिएका छन् । उनले सबैलाई सहभागीताकाे लागि अनुराेध समेत गरेकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।