काठमाडौ– पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर–४ घर भएका देव बहादुर महतको छोरा बर्ष २२ को प्रकश महत र गणेश बहादुर महतको छोरा बर्ष को ३२ युवराज महत रहका छन् ।
काठमाडौँ र भक्तपुरबाट काभ्रेपलान्चोक जान पठाओ बुक गरेर बनेपा पुगेपछि आरोपीहरूले पठाओ चालकलाई खाजा खान लगेका थिए । खाजाको बिल र पठाओ भाडा ‘क्युआर मार्फत पठाइदिन्छौँ’ भनेर इन्टरनेट नचलेको बहानामा खाजा घर बाहिर निस्केर उनिहरुले मोबाइल लिएर भाग्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।
क्युआर मार्फत भुक्तानी गर्ने आश्वासन दिएपछि उनीहरूले पठाओ चालकको मोबाइल माग्ने र लिएर भाग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीहरूलाई चोरीको मोबाइल सहित पक्राउ गरेर ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट IMEI1 35783237611050, IMEI2 353546297611050 भएको Samsung (a27) कम्पनिको कालो रंगको मोबाईल थान -१, २) REDMI कम्पनिको निलो रंगको प्याटन लक भएको मोबाईल थान -१, Dizo लेखिएको पुस्रो निलो रंको कि प्यार्ड मोबाईल थान -१ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























