तेमाल– नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङ (लालध्वज) राहत बोकेर तेमाल गाउँपालिका वडा नं. ५, कोकाममा पुगेका छन् । आज सांसद लाल्ध्वज गत सावन ४ गतेको अविरल वर्षाका कारण पहिरोबाट क्षति पुगेका घरपरिवारलाई राहत प्रदान गर्न त्यहाँ पुगेका हुन् ।

राहत सामाग्री वितरण गर्न गाउँपालिका उपाध्यक्ष दलमान थोकर, भिसी नेपालका उपाध्यक्ष राधा मताङगिनी, माओवादी केन्द्र खानिखोला गाउँपालिकाका पार्टी अध्यक्ष अबिरल लामा, ५ नं. वडा अध्यक्ष हजार सि लामा, माओवादी केन्द्र तेमाल–काठमाडौं सम्पकर्क समन्वय समितिका अध्यक्ष गणेश लामा लगायतका पुगेका थिए ।

उनीहरुले विभिन्न प्रकारको रहत सामाग्रीका साथमा पहिरो नियन्त्रणका लागि ग्याभिङ तार जालि समेत लिएर पुगेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।