बनेपा– काभ्रे जिल्लाकाे पनाैती नगरपालिका वडा नं. ९, सुनथानमा पैसा र गरगहाना लुटपाट गरेको आाराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार गत असाेज ३ गते अन्दाजी  राती ११:३० बजेको समयमा जिल्ला काभ्रे पनौती ननगरपालिका वडा न. ०९ सुन्थान नौबिसे फाँट बस्ने बर्ष ७८ को कान्छामान गोलेको घरमा लुटपाट भएको थियाे ।प्रहीरका अनुसार रातको समयमा नकाबघारी १५।१६ जनाको समुहले कान्छामान तामाङ र निजको श्रीमती समेतलाई हातखुट्टा बाधी कराउन चिच्चाउन नसक्ने गरी मुखमा टेप लगाई गरगहना पैसा समेत लुटी फरार रहेकोमा उनीहरुलाई पक्राउ गरेकाे हाे ।उनीहरुलाई ४ गते बिहान ०७:४० बजेको समयमा घरबाटै पक्राउ गरिएको थियाे । पक्राउ गरिएको व्यक्तिहरुलाई डाका तथा चोरि गर्न नहुने कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट  ७ (सात) दिनको म्याद लिई अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजतलास भई रहेको प्रहरीले जनाएकाे छ ।

पक्राउ गरेका व्यतिहरुमा   खानिखोला गा.पा ०६ घर भई हाल पनौती न.पा. ०४ बस्ने बर्ष ३६ कि सरिता तामाङ, खानिखोला गा.पा. ०२ बस्ने बर्ष ४१ को विचारमान गोले, खानिखोला गा.पा. ०२ भई हाल धुलिखेल न.पा. १२ शंखुपाटी बस्ने बर्ष ४० को साङगे थोकर रहेका छन् ।

उनीहरुबाट रु १,४३,०००-( एक लाख तिरचालिस हजार नगद), पुरानो पैसा आधा माना जति भएको थैलो समेत, सुनको औठी १ तोला, सुनको ढुङग्री आधा तोला,सुनको तिलहरी आधा तोलाको ( जम्मा २ तोला सुनको गरगहना लुटपाट गरेको ) बरामत गरिएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।