काठमाडाैं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशवासीलाई उच्च सकर्कता अप्नाउन अनुराेध गरेका छन् । लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको बताउँदै अध्यक्ष प्रचण्डले पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेका हुन् ।
‘लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको छ। पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।’ उनले भनेका छन्– ‘राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित गर्दछु। साथै हवाई तथा स्थल यातायातमा सतर्कता अपनाउन पनि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























