दुम्जा- अविरल वर्षाका कारण कुशेश्वर महादेव गुरूकुल उच्च जोखिममा परेको छ । रोशी खोला र सुनकोशी नदीको बीचमा रहेको गुरूकुलमा २८ वालवालिका र ३ शिक्षक रहेका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका -१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुल नजिक रहेको रोशी खोलाको वहाव वढेर कटान गर्न थालेपछि उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द राज काफ्लेले जानकारी दिए ।
मन्दिरको पछाडि सुनकोशी नदी र अगाडी रोशी खोलाको वहाव बढेकोले उद्धार गर्न कठिनाइ भएकोले नेपाली सेनासँग समन्वय गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
रोशी खोलाले गुरूकुल नजिक रहेको एक पक्कि घर र ३ ओटा टहरा वगाएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























