फाइल फाेटाे

बेथानचोक- काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा साेही वडा निवासी ४१ वर्षिय प्रेमबहादुर वाइबा रहेका छन् । घाइते हुनेमा वीर बहादुर वाईवा रहेका छन् ।

वीरबादुर गोठमा जादै थिए भने  प्रेम बहादु पसलमा समान किन्न आउने क्रममा खोरेङ खोला अचानक ठुलो आई तर्न नसकेपछि अर्कै बाटो प्रयोग गरेर घर र गोठ तर्फ जाँदै गर्दा वाइबालाई माथिबाट पहिरोआई पुरेको स्थानीयले जानकारी दिएको छ ।

प्रेम बहादुरलाई पुरै पहिरोले पुरिएको थियो भने विर बहादुरको खुट्टा मात्र पुरेको थियो । यो समाचार तयार पार्दासम्म बर्षाका कारण घटनास्थलमा प्रहरी पुग्न सकेको छैन ।

यसैगरी, बेथानचोक गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर लामाको गोठ पनि पहिरोले पुरिएको खबर प्राप्त भएको छ । थप क्षतिको विवरण र उद्धार कार्यका लागि सुरक्षाकर्मीहरूलाई घटनास्थलमा परिचालन गरिने तयारी भइरहेको छ । स्थनीयहरुले पहिरो पन्छाई प्रेम बहादुरको सब निकाल्ने प्रयास भैरहेको एक स्थानीयले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।