तेमाल- काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा अविरल वर्षााका कारण दुई घर भत्किदा दुइजना महिलाकाे मृत्यु भएकाे छ । श्री राधाकृष्ण माविका प्रधानाध्यापक प्रेमबहादुर लामाका अनुसार मृत्यु हुनेमा अन्दाजी ५० वर्षिय पाताली तामाङ र उनकी बहिनी रहेका छन् ।
पातालीको घरमा मकै भाँंच्ने काममा सघाउन आएकी धुल्खु निवासी उनको आफ्नै बहिनी रहेकाे छ । घटना पछि प्रहरी चौकी नारायणथानबाट प्रहरी पुगेपनि अविरल बर्षाका कारण शब निकाल्न नसकेकाे बताइएको छ । उनकाे एक घर भने उच्च जाेखिममा रहेकाे छ ।
तेमालकाे विभि क्षेत्रकाे विवरण आाउन बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























