बेथानचाेक– काभ्रे जिल्लाकाे बेथानचाेक गाउँपालिकाका उपाध्यक्ष तारा रानाले गाउँपालिकाबासीलाई सचेत र सजक रहन अपिल गरेकी छिन । विहिबारदेखि परेकाे अविरल वर्षाका कारण गाउँपालिकाकाे विभिन्न स्थानमा क्षति पुगेकाे बताउँदै सबैलाई सुरक्षित स्थानमा रहन उपाध्यक्ष रानाले अपिल गरेकी हुन् ।
गाउँपालिका भरिका विपतमा परेका जनताले आफूलाई सहयाेगकाे लागि अनुराेध गरेको बताउँदै गाउँपालिका भरि भएका घट्नाहरुकाे बारेमा समेत जानकारी दिएका छन् । ‘वेथानचोक गाउँपालिका ४ न. वडा अन्तरगत, चलालडोल, पाटीखर्क, सलादुबगर ,देबिथान ,घुम्ती, वडा न. ३ कुनेखर्क लगायत , गोल्माकोट गोर्खाली गाउँ र विभिन्न टोलका बस्तीमा आएको बाडी र पहिरोको कारण जनजीवन गम्भीर जोखिममा रहेको र ज्यान जोगाउनसमेत कठिन परिस्थिति सृजना भएकोले आम जनताहरु त्रासादीपूर्ण साथै कोलाहल छन।’ उनले भने, ‘मोबाईल फोनबाट जानकारी आईरहेको छ। बत्ती नभएको हुदा धेरैको फोन सम्पर्क र अन्य संचार बन्द छ। २ न. वडा गेल्डुङ्मा पहिरो र रोडाले घर लड्ने स्थितिमा रहेर स्थानीयबासी भयभीत हुँदै स्थानीय सरकारसग सहयोग मागिरहेका छन। अन्य १,५र ६ न. वडाहरु पनि प्रभावित भै भयावह अवस्था रहेको खबर आएको छ। तत्काल उद्दार न्यूनीकरण व्यवस्थापन हुनसकेको छैन प्रतिकार्य/उद्दारको निमित्त सम्बन्धितहरुको फोन सम्पर्क पनि पटक पटक गर्दा हुनसकेन । एक टोल तथा एक वडा र गाउबस्तीबाट अर्को बस्तीमा जानसक्ने अवस्था नै छैन ।यो विषम परिस्थितिमा संयमित भएर धैर्यतापूर्बक आ- आफू उच्च सतर्कतासाथ सुरिक्षित रहन हार्दिक अपिल गर्दछु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























