तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले तेमालबासी जनसमुदायलाई सजग र सतर्क रहन अपिल गरेका छन् । तेमाल गाउँपालिकाकाे विभिन्न स्थानहरुमा अविरल वर्षाका कारण धनजनको क्षति भइरहेकोले थप क्षति हुन नदिन सजग र सतर्क रहन अध्यक्ष तामाङले तेमालवासीलाई अपिल गरेका हुन् ।

अध्यक्ष तामाङले गाउँपालिकाकाे वडा नं. ७ मा २ जना महिलाहरुकाे घरले ढलेर मृत्यु भएको खबरले आफू निक्कै दुखिद भएकाे बताउँदै मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् । अविरल वर्षा नराेकेकाेले विपतकाे बेला उद्धार र सहयाेगमा समेत समस्या भइरहेकाे बताउँदै उनले जाेखिमपूर्ण स्थान, क्षति विवरण संकलन भइरहेकाे बताए ।

विपतकाे बेला नअत्तिन अनुराेध गर्दै अध्यक्ष तामाङले आफूहरु तेमाली जनताकाे साथमा सधैं रहेकाे समेत बताएका छन् । यसैबीच उपाध्यक्ष दलमान थाेकरले पनि सुरक्षित रहन अपिल गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।