राेशी- काभ्रे जिल्लाकाे रोशी गाउँपालिका वडा नं ८ र ९ काे सिमानामा रहेकाे नार्के बजार बाढीपहिराेले बगाएकाे छ ।
राेशी गाउँपालिकाकाे व्यापारिक केन्द्रको रुपमा रहेकाे साे बजार अविरल वर्षाका कारण राेशी खाेला र नार्के खाेला एक्कासी बढेपछि बजार नै बगाएकाे छ । साे बजारमा रहेकाे पक्की घरहरु समेत एकाएक ढालेकाे छ ।
विपी राजमार्गकाे विभिन्न स्थानमा पहिराेका कारण सडक अबरुद्ध भएपछि घट्ना र क्षिति विवरण संकलन हुन नसकेकाे प्रहरीले जनाएकाे छ । यसैबीच कालढुंगा बजारमा समेत घरहरुमा क्षति भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























