राेशी– काभ्रे जिल्लाकाे राेशी गाउँपालिका वडा नं. ११ मा निर्मित डम्फू पार्क र ओैद्याेगिक ग्राम पनि राेशी खाेलाले बगाएकाे छ । अविरल वर्षाका कारण राेशी खाेला र भ्याकुरे खाेलामा आएकाे बाढीले साे संरचना बगाएकाे हाे ।

तत्कालीन गाउँपालिका अध्यक्ष डिवि माेक्तान र वडा अध्यक्ष मिलन लामा मिप्चानकाे पहलमा निर्माण भएकाे डम्फू पार्क र ओैद्याेगिक ग्राममै खाेला पसेपिछि ध्वस्त भएकाे छ ।

तामाङ समुदायको मुख्य बाजाकाे रुपमा रहेकाे डम्फू निर्माण भएपछि काेशी प्रदेश, मधेश प्रदेश र वागमती प्रदेशबा आन्तरिक पर्यटकहरु डम्फू पार्क हेर्न आउने गर्थे । निर्माण सम्पन्न नहुँदै खाेलाले बगाएपछि पूर्व वडा अध्यक्ष मिलन लामा मिप्चानले दुःख व्यक्त गरेका छन् ।

‘अब सम्झना मात्र रह्यो ति गौरवको योजनाहरु कालढुङ्गा बजारमा निर्माण भएको डम्फू पार्क र ओैद्याेगिक ग्राम ।प्राकृतिक विपत्तिको अगाडी हाम्रो मानवीय संरचनाहरुको केहि सिप लागेन ।’ पूर्व वडा अध्यक्ष लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।