काठमाडौँ– अविरल वर्षासँगै आएको बाढी र पहिरोले बीपी राजमार्गमा ठुलो क्षति पुगेको छ । काठमाडौँलाई रामेछाप, सिन्धुली र तराईसँग जोड्ने छोटो दुरीको सो राजमार्ग काभ्रे जिल्लामा मात्रै ६ ठाउँमा भत्किएको छ ।

काभ्रेको भकुण्डेवेशीबाट नेपालथोक सम्म ६ ठाउँमा ५० र १ सय मिटरको अनुपातमा सडक खसेको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।

सड्क तत्काल नबन्ने गरी भत्किएको हुनाले काठमाडौँबाट रामेछाप, सिन्धुली र बर्दिबास आवतजावत गर्न असुविधा भएको छ । सड्क भत्किँदा काठमाडौँतर्फ आउन लागेका सवारी साधन अलपत्र परेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।