राेशी– काभ्रे जिल्लाको रोशी गाउँपालिका स्थित कालढुंगा नजिकै खोलाको बिचमा फसेका विभिन्न जिल्लाका ३ सय जनाको उद्धार हुन सकेको छैन । रोशीखोला र भ्याकुरेखोलको बिचमा अड्किएका उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले जानकारी दिए ।

अलपत्र परेकाहरूले उद्धार गर्न हेलिकप्टर गएपनि अवतरण गर्न नसक्दा हेलिकाेप्टार धुलिखेलमा फर्किएकाे छ ।

कालढुंगा स्थित गाउँपालिकाले निर्माण गरेको डम्फुपार्क रोशीको बाढीले बगाएको छ । कालढुंगाका ८ घर बगेका छन् ।

रोशी तटीय क्षेत्रबाट उद्धार गरिएकाहरुलाई इलाका प्रहरी कार्यालय नजिकैका ३ वटा स्कुलमा उनीहरूलाई व्यवस्थापन गरिएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।