बनेपा– प्रमुख प्रतिपक्ष दल नेकपा (माओवाेदी केन्द्र) काभ्रेले बाढीपहिराे प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र क्षतिपूर्तिको योजनाबद्ध काम थाल्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । आज पार्टीका काभ्रे जिल्ला संयाेजक भाेलाप्रसाद अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेका हुन् ।

‘अबिरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्ला लगायत देशभर हुन गएको  जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनप्रति भावपूर्ण समवेदना व्यक्त गर्दछु । घाइते प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै जनताको जिउ धनको रक्षा प्रति गम्भीर बन्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको गम्भीर ध्यानाकार्षण गराउँदै तत्काल उद्धार, राहत र क्षतिपूर्तिको योजनाबद्ध काम थाल्न पनि आग्रह गर्दछु । प्राकृतिक विपत्तको यस घडीमा पार्टीको सबै तह र निकायहरुलाई जनतासँग हातेमालो गर्दै उद्धार र राहतको कार्यमा सहभागी बन्न अनुरोध गर्दछु ।’ संयाेजक अर्यालले प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

यसैबीच नेपाली काँग्रेसका जिल्ला सभापति तिर्थ लामा र एमालेका जिल्ला अध्यक्ष राजन भुर्तेलले पनि विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।