मंगलटार– अविरल वर्षाका कारण विपिराजमार्गको मंगलटार सडकखण्डमा फसेका सबै सुरक्षित रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरिक्षक कृष्ण गिरीका अनुसार शुक्रबारदेखि सो क्षेत्रमा फसेका यात्रुहरुहरु सुरक्षित रहेका छन् ।
बाढीले नार्के बजार र कालढुंगामा सडक नै बगाएपछि १ सय ५२ वटा गाडी मंगलटारमा फसेको प्रहरी निरिक्षक गिरीले जानकारी दिए । करिब ३ सय जना रहेको सो स्थानमा २ जना सुत्केरी महिला सहित दर्जनौं विरामीहरु समेत रहेको गिरीले जानकारी दिए ।
स्थानी विद्यालयहरु, स्वास्थ्य संस्था, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरुमा राखेका उनीहरुलाई खानाको अभाव हुँदै गएको उनले बताए । नेपाली सेनाको टोलीले हेलिकोप्टर मार्फत खानेकुरा लगेपनि ‘लोकेशन क्याच’ गर्न नसकेपछि सदरमुकाम धुलिखेलमै फर्किएको छ । हालसम्ममा प्रहरी निरिक्षक गिरीको नेतृत्वमा करिब ५ हजार जना उद्धार गरेको छ ।
विभिन्न जिल्ला र स्थानबाट त्यहाँ रहेको व्यक्तिहरुको आफन्तले अवस्था बुझ्नका लागि आफूलाई फोन गरेको बताए । ‘आजसम्म सबैजना शकुसल नै हुनुहुन्छ । सुरक्षित नै हुनुहुन्छ सबै । म सबै आफन्तजनलाई नआतिनका लागि हार्दिक अनुरोध गर्दछु ।’ –गिरीले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























